मर्चवार २७चैत/रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. २ पडरहवामा धर्मशालाको शिलन्यास भएको छ । सोमबार एक कार्यक्रमका बिच लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य सन्दीप कुमार त्रिपाठीले उक्त धर्मशालाको शिलन्यास गरेका हुन् ।
रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य सर्बेन्द्रनाथ शुक्लको पहलमा प्रदेश सभा सदस्य हेमा बेलवासे केसीको संसदीय कोषबाट आएको २५ लाखको लागतमा उक्त धर्मशाला निर्माण हुने केन्द्रीय सदस्य त्रिपाठीले जानकारी दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य त्रिपाठीले मर्चवार क्षेत्रको विकासका लागि प्रतिनिधि सभा सदस्य शुक्लाले विशेष जोड दिएको बताए । सांसद शुक्लले सदनमा सधै मर्चवार लुम्बिनी क्षेत्रको समस्याबारे सांसद शुक्लाले बोल्दै आएका केन्द्रीय सदस्य त्रिपाठीले बताए । उक्त धर्मशालाको लागि आफ्नो संसदीय कोषबाट धर्मशालाको लागि बजेट बिनियोजन गर्नु भएका प्रदेश सभा सदस्य बेलवासेलाई उनी धन्यवाद ब्यक्त गरेका थिए ।