जनमत रुपन्देहीद्वारा होली मिलन समारोह सम्पन्न

मर्चवार न्यूज 196+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

भैरहवा । जनमत पार्टी रुपन्देहीले होली मिलन समारोह गरेको छ । भैरहवास्थित पार्टी कार्यालयमा बिहीबार कार्यक्रम गरिएको पार्टीले जनाएको छ ।

कार्यक्रमको जनमत पार्टीका राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै राष्ट्रिय सचिव यादवले होली पर्वले नेपालीहरूलाई साँस्कृतिक एकताको सूत्रमा बाँध्ने काम गरेको बताए । उनले यो पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता प्रवद्र्धन गर्दै आएको उल्लेख गरे । उनले नेपालमा मनाउने चाडपर्वको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा कार्यक्रम गरिएको जनमत पार्टी रुपन्देहीका जिल्ला इञ्चार्ज रामकेश गुप्ताले बताए ।


प्रतिक्रिया