मर्चवार निजि अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा पनुः जितेन्द्र सिंह

मर्चवार । मर्चवार निजि अंग्रेजी विद्यालय संघ रुपन्देहीको अध्यक्षमा जितेन्द्र कुमार सिंह पुनः चयन भएका छन् । शनीबार सम्पन्न ८औँ अधिवेशनबाट सिंहलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हुन् ।
यसैगरी उपध्यक्षमा इन्सान अलि फकिर, सचिवमा सुखराम यादव, कोषाध्यक्षमा राजेश बरई, सह सचिवमा सुदर्शन यादव, सहकोषाध्यक्षमा सर्बेन्द्र मौर्य रहेको निर्वाचन समिति रामकेश धवलले बताए । यसैगरी कार्यसमिति सदस्यमा बिनेश्वरी कोहार, विन्ध्याचल चौधरी र शिवनाथ यादवले रहेको संयोजक धवलले जानकारी दिएका छन् ।
मर्चवार क्षेत्रका निजि अंग्रेजी विद्यालयहरुको साँझा संस्थाको रुपमा वि.सं. २०६४ सालमा भएको उक्त संघमा १९ विद्यालयहरु आबद्ध रहेका संस्थाका अध्यक्ष जितेन्द्र सिंहले जानकरी दिएका छन् । विद्यालयको हकहितमा काम गर्नुका साथै शिक्षालाई थप गुणस्तरीय बनाउन संघले काम गर्दै आएको अध्यक्ष सिंहले बताए । आफुले दोस्रो कार्यकालको पदभार सम्हालेपछि अझ सशक्तरुपले काम गर्ने बताए ।
मर्चवारको विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीमा अन्तर विद्यालय स्तरीय खेल, हाजिरी जवाफ प्रतियोगिता लगायत विभिन्न कार्यक्रम गर्दै आएको उनले बताए ।
अधिवेशनका प्रमुख अतिथि स्वागत पुस्तक पसल भैरहवाका संचालक बालकृष्ण बस्यालले निजि विद्यालयहरुको शिक्षा प्रतिको कार्यमा आफुले हाथेमालो गरी सहकार्य गर्ने बताए । उनले भने ‘एक विद्यालयले अर्को विद्यालयसंग इश्र्या भन्दा गुणस्तरीय शिक्षा प्रदानको प्रतिस्पर्धाको भावना राख्नु पर्दछ ।’ अन्तर विद्यालय स्तरीय प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभालाई थप बलियो बनाउने उनले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि भरत गिरीले निजि विद्यालयका शिक्षहरुलाई नियमित रुपले विषयगत तालिमलाई प्राथमितका दिए गुणस्तरीय शिक्षा प्रदान हुने बताए । विद्यालयमा आइपर्ने समस्याहरुलाई समाधान गर्ने संगठनको धेरै आवश्यकता रहेको बताउदै मर्चवारको रहेक निजि विद्यालय उक्त संघमा जुडनुपर्ने आग्रह गरे । सघंको स्थापनाकालको चर्चा गर्दै संघ गठन पछि विभिन्न विद्यालयमा गुणस्तरीय शिक्षा सहित एक रुपता आएको बताए ।
संस्थाका सचिव सुखराम यादवको संचालनमा सम्पन्न उक्त अधिवेशनमा रामधनि मौर्य, राजु खनाल, इन्द्रजीत यादव, मुकेश यादव सुदर्शन यादव लगायत विभिन्न शिक्षकहरु मनतब्य राखेका थिए ।