दुई कर्मचारी सहित ३ जना माथि जवर्जस्ती करणीको मुद्दा दर्ता

मर्चवार न्यूज 196+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

मर्चवार १६ भदौ । रुपन्देहीको मर्चवार क्षेत्रका दुई कर्मचारी सहित ३ जना माथि जवर्जस्ती करणीको मुद्द दर्ता भएको छ । स्थानीय बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा गाउँपालिकामा कार्यरत दुईजना र अर्को एकजना स्थानीयलाई नियन्त्रणमा लिइ मुद्दा दर्ता गरी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिएका छन् । 

घटना गत भदौ ५ गतेको रहेको डिएसपी भट्टले जानकारी दिए । उनका अनुसार पीडित पक्षले हिजो १५ गते मात्रै जानकारी गराएका थिए । प्रहरीमा जानकारी आए लगत्तै घटनामा संलग्न भएको आरोपमा तिनैजनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानको क्रममा रहेको भन्दै अरोपित ब्यक्तिहरुको नाम खुलाउन नमिल्ने डिएसपी भट्टले बताए । 

डिएसपी भट्टले घटनाबारे कडा अनुसन्धान भइरहेको जानकारी गराउदै दोसीलाई नियम अनुसार कडा कारवाही हुने बताए । 

स्थानीय श्रोतका अनुसार घटनामा आरोपित ब्यक्ति कोटहीमाई गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ बस्ने बन्टी भन्ने शैलेश पाण्डे रहेका छन् । 


प्रतिक्रिया

सागर १७ भाद्र २०८१, सोमबार

यसको प्रमुख नाइके मनोहर हो। यस भन्दा पहिला पनि त्यो विभिन्न कुकर्म र भ्रष्टाचारमा संलग्न छ।

सम्बन्धित समाचार