मर्चवार । अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार गरिरहेको दुईवटा जेसीबी र दुईवटा ट्याक्टरलाई कोटहीमाई गाउँपालिकाले २ लाख २५ हजार जरिवाना काटेको छ । ईलाका प्रहरी कार्यालय मझगाँवा, रुपन्देहीबाट खटिएको टोलीले बुधबार कोटहीमाई गाउँपालिका–१ बाट ती सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले अवैध रुपमा (बिना कागजात) माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा ना १ क ४३८० र लु १ क ६३५७ नम्बरको जेसीबी तथा लु ४ त ६२३३ र लु ४ त १७०४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको बताए ।
