मर्चवार न्युज

मर्चवार ४ पुस÷रुपन्देहीको मर्चवारमा पिकप दुर्घटना भएको छ । निर्माणाधीन रहेको बेथरी–मर्चवार सडकखण्डको मायादेवी ६ गोनहामा भे १ च २६७६ नम्बरको दुध बोक्ने पिकपको दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मझगवाँले जनाएको छ ।
निर्माणाधीन उक्त सडकको बिच मै रुख रहेकोले सवारी चालक छेउबाट मोडेर जानखोज्दा स्टेरिङ्गक फेल भई दुर्घटना भएको ईप्रका मझगवाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए । भैरहवाबाट मर्चवार आउदैगरेको दुध बोक्ने उक्त पिकपमा क्षति भई मानवीय क्षतिबाट जोगिएको प्रहरी निरीक्षक घिमिरे जानकारी दिएका छन् ।
बोथरी–खैरा निर्माण हुने ४ लेनको सडक हाल कोटहीमाई ३ मर्यादपुर सम्मा निर्माण कार्य भइरहेको छ । विभिन्न किसिमको बाधा अवरोधले सडमा रहेको रुखहरु कटान हुन सकेको छैन जसलेगर्दा सडक अलपत्र हुनका साथै सवारी दुर्घटना हुनथालेको छ ।