बोगडी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एनसीसी तालिम

हृदयराम गुप्ता 121+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

मर्चवार । रुपन्देही कोटहीमाई ६ स्थित श्री बोगडी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु भएको छ । नेपाली सेनाले विद्यालय स्तरीय १०० दिने तालिम शुक्रबारबाट सुरु गरेको हो ।

उक्त विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १५ जना छात्र र १५ जना छात्राहरुलाई सिनियर डिभिजनको तालिम सुरु गरेको बोगडी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा दत्त त्रिपाठीले बताए । एक सय दिनको एनसिसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम पुर्वी नवलपरसाीको कावासोतीमा तालिम दिइने प्रधानाध्यापक त्रिपाठीले जानकारी दिएका छन् । 

तालिममा विद्यार्थीलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र बफादारीताबारे प्रशिक्षित गरिने तारा दल गण रामनगर बैरेक बुटवलका सेनानी रोसन बस्नेतले बताए ।

‘यसका अलावा सैन्यलगायत मानवीय, ठुलाबडालाई आदर सम्मान र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइनेछ’, उनले भने । उनका अनुसार विपद् व्यवस्थापन, सरसफाई तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइनेछ ।

तालिम पश्चात विद्यार्थीमा अनुशासन, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने अपेक्षा गरिएको सेनानी बस्नेतले बताए । 


नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वि.सं. २०२२ सालदेखि सुरु भएको उक्त तालिमा सिनियर डिभिजन तर्फ १३ हजार ९ सय २३ जना, जुनियर डिभिजन तर्फ ६८ हजार ४९ जना छात्रछात्रा तालिम लिएका उनले जानकारी दिएका छन् । तालिम पछि नेपाल सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन समेत गर्ने बस्नेतले जानकारी दिएका छन् । 

तालिम शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले यस तालिमपछि विद्यार्थीहरुलाई एक असल नेपाली नागरिकको अनुभुति गराउने बताए । तालिमले शारीरिक विकास, मानसिक विकास र समाजिक जिम्मेवारीको विकास हुने बताए । 

बोगडी माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक राजेन्द्र यादवले एनसीसीको तालिम पाउने सबै विद्यार्थीहरुले भाग्यसाली रहेको बताए । तालिमले असल नागरिकको मानसिक विकास, शारीरिक विकास संगै देश रक्षकको भावनाको विकास हुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार