भैरहवाको दरखस्वा पार्कमा वृक्षारोपण

मर्चवार न्यूज 376+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा । वातावरण संरक्षण र दिगोपनाको सन्देशसहित भैरहवाको दरखस्वा पार्कमा रोटरी वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। २०७८ साउन १० गते (२६ जुलाई २०२५) सम्पन्न कार्यक्रममा कुल ५०५ वटा बिरुवा रोपिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष नारायण प्रसाद उपाध्याय रहनुभएको थियो।

कार्यक्रम रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर (अध्यक्ष: रोटेरियन परशुराम पराजुली), रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी (अध्यक्ष: रोटेरियन विष्णु आचार्य) र रोटरी क्लब अफ भैरहवा (अध्यक्ष: रोटेरियन कमल कोईराला) को संयुक्त आयोजनामा सम्पन्न भएको हो।


कार्यक्रममा कुल १६२ सदस्यहरूको उपस्थिति रहेको थियो । वातावरण संरक्षणको उद्देश्यलाई प्रवर्द्धन गर्न र सामुदायिक सहभागिता अभिवृद्धि गर्न आयोजित कार्यक्रममा भैरहवा क्षेत्रका विभिन्न रोटरयाक्ट क्लबहरूको उल्लेखनीय सहयोग रहेको थियो।

कार्यक्रमले सामुदायिक सचेतना अभिवृद्धि गर्नका साथै हरियाली र स्वच्छ वातावरण निर्माणतर्फ एक प्रेरणादायक सन्देश प्रवाह गरेको आयोजकहरू बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार