रास्वपाका कार्यकर्ताद्वारा मतगणना स्थल सरसफाइ

मर्चवार न्यूज 376+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को मतगणना स्थलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनपश्चात् मतगणना भइरहेको कार्यालय बाहिर विभिन्न दलका समर्थक तथा कार्यकर्ताहरूको भीडका कारण फालिएका प्लास्टिक, कागज लगायतका फोहोर आइतबार बिहान सफा गरिएको रास्वपाका कार्यकर्ता  ई. माधव कान्दुले जानकारी दिनुभयो ।

उहाँले समाजप्रति युवाको जिम्मेवारीबोधलाई आत्मसात् गर्दै सरसफाइ गरिएको बताउनुभयो । “हामीले गरेको फोहोर सफा गर्नु पनि हाम्रो जिम्मेवारी हो भन्ने सोचका साथ हामीले सरसफाइ गरेका हौँ,” उहाँले भन्नुभयो। आजको सानो लापरबाही भविष्यमा ठूलो वातावरणीय समस्या बन्न सक्ने भएकाले फोहोर व्यवस्थापनमा सबै सचेत र जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ । युवाहरूले सकारात्मक सोच र सामाजिक उत्तरदायित्वका साथ सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने उहाँले जोड दिनुभयो ।

‘नयाँ सोच, युवा नेतृत्व’ को भावना अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्तो अभियान सुरु गरिएको उल्लेख गर्दै उहाँले रुपन्देही क्षेत्र नं. ४ का नागरिकले दिएको विश्वासअनुसार यस क्षेत्रका हरेक समस्या समाधानमा पार्टी सधैं जिम्मेवार रहने बताउनुभयो ।

प्रतिक्रिया

Janardan Kurmi २४ फाल्गुन २०८२, आइतबार

“चुनावी मतदान सम्पन्न होने के बाद क्षेत्र में सफाई का कार्य करने वाले सभी कार्यकर्ता साथियों को हार्दिक बधाई और धन्यवाद। आपने जिस जिम्मेदारी, अनुशासन और सेवा भावना के साथ सफाई का कार्य किया है, वह सच में प्रशंसनीय है। यही सच्चे नेतृत्व और जागरूक नागरिक की पहचान होती है। ऐसे समर्पित कार्यकर्ताओं के कारण ही हमारा क्षेत्र स्वच्छ, सुंदर और अनुशासित बनता है। आप सभी साथियों को दिल से सम्मान और उज्ज्वल भविष्य के लिए शुभकामनाएँ।” 🙏🌿

Janardan Kurmi २४ फाल्गुन २०८२, आइतबार

Very nice 👍

प्रमेन्द्र कुमार शुक्ल २४ फाल्गुन २०८२, आइतबार

सम्मानयोग्य कार्य। सुनौलो सुरुवात

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार