रुपन्देही–४ को पहिलो मत परिणाममा एमालेको अग्रता

मर्चवार न्यूज 382+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्य पदको मतगणना सुरु भएसँगै पहिलो मत परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मत परिणामअनुसार नेकपा (एमाले) ले अग्रता लिएको छ।

राती करिब १ बजेदेखि सुरु भएको मतगणनामा पहिलो चरणमा ४ हजार ४ मत गणना हुँदा नेकपा (एमाले) ले निर्वाचन चिन्ह सूर्यबाट १ हजार २ सय ८ मत प्राप्त गर्दै अग्रता कायम गरेको निर्वाचन कार्यालयले जनाएको छ।

यसैगरी नेपाली कांग्रेसले ९ सय ९७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन चिन्ह घण्टीबाट ९ सय ७० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

निर्वाचन कार्यालयका अनुसार मतगणना अहिले पनि जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

यस निर्वाचन क्षेत्रमा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेकामा ७७ हजार ३ सय ९३ मत खसेको थियो, जुन करिब ६६ दशमलव ६१ प्रतिशत हो।

प्रतिक्रिया

Antim Bari २२ फाल्गुन २०८२, शुक्रबार

An Hbb

Astosh Mishra २२ फाल्गुन २०८२, शुक्रबार

Nepali Congress

सम्बन्धित समाचार