तीन लाख घुस रकम सहित वडाध्यक्ष जनार्दन यादव पक्राउ

मर्चवार न्यूज 382+ समाचार ( )
२३ आश्विन २०८२, सोमबार

मर्चवार ।  रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष जनार्दन यादव ३ लाख घुस रकम सहित पक्राउ परेका छन् । वडाध्यक्ष यादवले निर्माण कार्यको भुक्तानी सिफारिसका लागि उक्त मागेको अखतियार अनुसन्धान आयोगका प्रबक्ता राजेन्द्र कुमार पौडेले जानकारी दिएका छन् ।

बिभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग मोलमोलाई गरी घुस÷रिसवत को रुपमा उक्त रकम जिल्ला रुपन्देही, सिद्धार्थनगर नगरपालिका वडा नं. ९ स्थित श्री गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई लिन लगाई निज विपिन कुमार पाण्डेयले लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले दुबैजनालाई पक्राउ गरेको प्रबक्ता पौडेलले जानकारी दिएका छन् ।


आज २३ गते दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ प्रबक्ता पौडेलले जानकारी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार