मर्चवार सडकमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

मर्चवार न्यूज 382+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

मर्चवार । रुपन्देहीको मर्चवार सडकखण्डमा भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मायादेवी ७ बनगाई मर्चवार सडकमा पिकप र मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ ।

राती करीब ९ः३० बजे मर्चवारबाट बनगाई तर्फ जादै गरेको लु ३२ प ८७३१ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउदै गरेको लु १ ज ४४६२ नम्बरको पिकप ठेक्किदा मोटरसाइकल चालक कोटहीमाई ७ परसहवाँ बस्ने दिलिप ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पछि मोटरसाइकल चालक ठाकुर र उक्त मोटरसाइलमा सवार सम्मरीमाई ४ बस्ने अब्दुल्ह नाउ मुसलमानलाई उपचारको लागि भिम अस्पताल भैरहवा पु¥याइएको इलाका प्रहरी कार्यालय बेथरीका प्रमुख बरिष्ठ सहायक निरीक्षक जनक गिरीले जानकारी दिएका छन् ।

अस्पतालमा पु¥याउन साथ डाक्टरले मोटरसाइकल चालक ठाकुरलाई मृत घोषण गरेको र मोटरसाइलकमा सावार मुसलमानलाई उपचारको लागि यनिभर्षल क्लेज अफ मेडिकल साइन्सेज भैरहवामा पठार्ईएको बरिष्ठ सहायक निरीक्षक गिरीले जानकारी दिएका छन् । 

दुबै सावारी साधन सहित पिकप चालक कोटहीमाई ५ बस्ने बिजय कुमार चाईलाई नियन्त्रणमा राखि घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार