रास्वपाका नेता–कार्यकर्ताहरुद्वारा भैरहवामा पदर्शन
३ कार्तिक २०८१, शनिबार
भैरहवा, ३ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रुपन्देहीको भैरहवामा पार्टीका नेता–कार्यकर्ताहरूले विरोध सभा गरेका छन् । रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवाको बुद्धचोकमा विरोध सभा गरिएको हो ।