एसईई परीक्षा शुरु, मर्चवारमा ४९ जना अनुपस्थित

मर्चवार न्यूज 382+ समाचार ( )
६ चैत्र २०८१, बिहीबार

मर्चवार । २०८१ सालको एसईई परीक्षामा मर्चवार क्षेत्रका ५ परीक्षा केन्द्रमा ४९ जना अनुपस्थित भएका छन् । आज चैत ७ गते शुरु भएको पहिलो दिनको परीक्षामा १ हजार ९ सय ७४ विद्यार्थीहरुले परीक्षा दिएका हुन । 

सम्मरीमाई गाउँपालिकामा १ मात्र परीक्षा केन्द्र रहेको कृषक आदर्श माध्यमिक विद्यालयमा पहिलो दिन २५ जना परीक्षार्थीहरु अनुपस्थित भएका परीक्षा केन्द्राध्यक्ष उमाकान्त अर्यालले जानकारी दिएका छन् । ४४८ जना सहभागी हुने परीक्षार्थीहरु मध्ये नियमित ३३८ र ग्रेड बृद्धि तर्फ ६५ जना परीक्षामा सहभागी भएका केन्द्राध्यक्ष अर्यालले बताए । 

कोटहीमाई गाउँपलिकामा ५ स्थित मर्चवार आदर्श माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पहिलो दिन ४ सय ४६ विद्यार्थीहरु मध्ये ४ जना अनुपस्थित भएको केन्द्राध्यक्ष धनन्जय त्रिपाठीले जानकारी दिएका छन् । उक्त केन्द्रमा नियमित तर्फ ३६१ र ग्रेड बद्धि तर्फ ८१ जना परीक्षामा सहभागी भएका केन्द्राध्यक्ष त्रिपाठीले बताए ।

यसैगरी कोटहीमाई ३ स्थित मार्यादपुर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षामा ६ जना अनुपस्थित भएको केन्द्राध्यक्ष घनश्याम त्रिपाठीले जानकारी दिएका छन् । ३९२ जना परीक्षार्थी रहेको उक्त केन्द्रमा नियमित तर्फ ३५२ र ग्रेडबृद्धि तर्फ ३४ जना परीक्षामा सहभागी भएको उनले जानकारी दिएका छन् 

जनता माध्यमिक विद्यालय ओडवलिया मर्चवारी ५ ओडवलिया परीक्षा केन्द्रमा ३६४ परीक्षार्थीहरु मध्ये ३५५ जना परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष करुणेश त्रिपाठीले जानकारी दिएका छन् । नियमित तर्फ ३०२ र ग्रेडबृद्धि तर्फ ५३ जना सहभागी संगै ९ जना अनुपस्थित भएका परीक्षा केन्द्राध्यक्ष त्रिपाठीले जानकारीले बताए ।

श्रीमती मनराजीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्र मर्चवारी ३ सेमरामा ३७८ जना परीक्षामा सहभागी भएका छन् । केन्द्राध्यक्ष हृदयराम यादवले दिएको जानकारी अनुसार उक्त नियमित तर्फ ३३९ र ग्रेड बृद्धि तर्फ ४४ जना रहेको उक्त केन्द्रमा ५ जना अनुपस्थित भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार