भैरहवा, १६ मंसिर । रुपन्देही नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
शनिबार तिलोत्तमा नगरपालिकास्थित भलवारीमा भएको साधारण सभा तथा अधिवेशनले अमित कुमार गुप्ताको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । पर्यटन व्यवसायी तथा युवा समाजसेवी समेत रहेका गुप्ता विभिन्न संघ–संस्थाहरुमा आबद्ध छन् ।
त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा शारदा पोखरेल, उपाध्यक्षमा कल्पना अर्याल, महासचिवमा दीपक के.सी., सचिवमा तुलसा शर्मा वाग्ले र कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे रहेका छन् । त्यसै गरी सदस्यहरुमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ रहेका छन् ।
रुपन्देही नागरिक समाज सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष ईश्वर प्रसाद चापागाईंको अध्यक्षता, सर्वाेच्च अदालतका पूर्व न्यायाधिश तेज बहादुर के.सी.को प्रमुख आतिथ्यता, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवाली, प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिक लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।