भैरहवा । राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शनिबार भैरहवामा भएको भेलाले अमित कुमार गुप्ताको अध्यक्षतामा २७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो ।
भैरहवा निवासी गुप्ता जयसवाल सेवा समिति, रुपन्देही, नागरिक समाज रुपन्देहीका अध्यक्ष समेत हुन् । उनी विभिन्न संघ–संस्थामा आबद्ध छन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अशोक कुमार साह, जोगेन्द्र अग्रहरी, पूर्णिमा रौनियार, शत्रुधन पण्डित, बेचन प्रसाद गुप्ता, महासचिवमा तालकेश्वर कान्दु, सचिवमा गणेश गुप्ता, विजय कौशल, अरुण केसरी, कोषाध्यक्षमा त्रिभुवन अग्रहरी र सह–कोषाध्यक्षमा किरण गुप्ता, पप्पू कौशल र दिपेश गुप्ता रहेका छन् ।
त्यस्तै सदस्यहरुमा संजय रौनियार, उषा जैसवाल, सार्दूल मयूर कसौधन, हरेन्द्र पटवा, गिरजाशंकर गुप्ता, रूवि रौनियार, राजकुमार बनिया, इन्द्रजीत साह, योगेन्द्र गुप्ता, अशोक कुमार गुप्ता, विरेन्द्र कोहर र कन्हैयालाल सेंदुरिया रहेका छन् ।
राष्ट्रिय वैश्य महासंघ नेपाल, रुपन्देहीको प्रेस सल्लाहकारको जिम्मेवारी महेश गुप्तालाई दिइएको छ । गुप्ता मर्चवार सन्देश पत्रिकाको भैरहवा शाखा प्रमुख हुन् ।
राष्ट्रिय वैश्य महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रामचन्द्र साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा राष्ट्रिय सचिव राम उदार महासेठ, राष्ट्रिय सचिव बजरंगी साह लगायतको उपस्थिति रहेको थियो ।