धनलक्ष्मी स्वावलम्बनको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

हृदयराम गुप्ता 123+ समाचार ( )
८ पौष २०८०, आइतबार

मर्चवार न्युज

मर्चवार ८ पुस÷श्री धनलक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनीबार आर्थिक वर्ष २०७९÷०८० को आय ब्यय प्रस्तुत गरी साधारण सभा सम्पन्न गरेको हो । 

स्वावलम्बनका अध्यक्ष अमरनाथ यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ‘एका लागि सबै, सबैका लागि एक’ भन्ने अवधारण सहित सहकारी संस्थालाई बलियो बनाउदै गएको बताए । मध्यम वर्ग साथै न्युन आयस्रोत भएकाहरुलागि सहकारी महत्वपुर्ण रहेको भन्दै यसलाई प्रर्वधन गर्न सबैले जुटनुपर्ने बताए । नेपालमा वि.सं. २०१० सालमा चितवनमा बखान ऋण सहकारी संस्थाको स्थापना भई हाल नेपालमा ३५ हजार भन्दा बढी सहकारीहरुको स्थापना भएको उनले बताए । सहकारी संस्था सबैका लागि फाइदाजनक भएको हुँदा यस प्रति सबैको लगाव भढदै गएको बताए । 

संस्थाले १९ लाख ८२ हजार ५ सय बाट बृद्धि गरी २१ लाख ४ हजार २ सय शेयर पुँजी बृद्धि गर्न सफल भएको अध्यक्ष यादवले बताए । यसैगरी बचत ३ करोड ८७ लाख ६३ हजार ४३१ बाट ४ करोड २४ लाख ४२ हजार १५६ बृद्धि गरेको उनले बताए । संस्थाले २ करोड ७४ लाख ३६ हजार ७७३ रुपैया ऋण लगानी गरेको उनले बताए । अध्यक्ष यादवले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९÷०८० मा कारोबार गरी ६ लाख ४७ हजार ७९५ रुपैया शुद्ध बचत गरेको छ । संस्थाले ३ पटकमा ४७६.३६ वर्ग मिटर आफ्नो निजि जग्गा खरीद गरी अगामी दिनमा संस्थाको भवन निर्माण गरी आफ्ने भवनबाट सेवा दिने लक्षय राखिएको अध्यक्ष यादवले जानकारी दिएका छन् । अहिले संस्थाले बचत, ऋण सेवा बाहेक विभिन्न किसिमको रेमिटान्स सेवा पनि दिइएको उनले बताए ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा शेयर पुँजी २१ लाख ४ हजार २ सय, कोष हिसाब ३७ लाख ९२ हजार ७७९, निक्षेप बचत प्राप्त ४ करोड २४ लाख ४२ हजार १५६, जोखिम कर्जा ब्यवस्थापन कोष २ लाख ८९ हजार ९२४, कुल आमदानी ४२ लाख ७९ हजार ४८६, कुल खर्च १२ लाख १७ हजार २८७, ऋण लगानी २ करोड ७४ लाख ३६ हजार ७७३ रुपैयको कारोबार गरेको संस्थाका लेखा समितिका संयोजक अम्बिका यादवले जानकारी दिएका छन् ।

स्वावलम्बनका ब्यवस्थापक कलमनाथ गुप्ताले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्दै उक्त संस्थामा ५ सय १९ महिला र ९ सय ३६ पुरुष गरी कुल १ हजार ४४५ शेयर सदस्य रहेको बताए । यसैगरी संस्थामा १ हजार ९ सय ३४ जना विभिन्न किसिमका बचतकर्ताहरु रहेको उनले बताए । 

साधारण सभलाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सहकारी सबैको लागि आपदविपद्को साथीको रुपमा काम गर्दै आएको बताए । अहिले सहकारीले आर्थिक संकटको बेला गरीब देखि धनी सम्मा सबैलाई सहयोग गरेको बताए । अध्यक्ष त्रिपाठीले भने ‘सहकारीले समाजमा एकता, सदभाव, ग्रामिण क्षेत्र अर्थब्यवस्था समेत संतुलन गरी रहेको छ । सहकारीले आर्थिक अभावले हुने आत्महत्या समेत न्युनिकरण गरेको छ ।’ सहकारी सानै अवस्थाबाट सुरु हुने भएकोले थोरै भएपनि सहकारीमा लगानी गरी अबद्ध भई सेवा लिन अध्यक्ष त्रिपाठीले आग्रह गरे । 

कार्यक्रममा कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनी, भवानी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक अशोक कुमार तिवारी लगायतकाले मनतब्य राखेका थिए । 

स्वावलम्बनका अध्यक्ष अमरनाथ यादवको अध्यक्षतामा सम्पन उक्त सभालाई संस्थाका सचिव महेश प्रसाद गुप्ताले संचालन गरेका थिए । 


प्रतिक्रिया

सम्बन्धित समाचार