मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले न्यायिक समितिलाई बलियो बनाउन सरोकारवालाहरुका बिचमा अन्तरकृया तथा कार्यशाला गरेको छ । शुक्रबार र शनीबार दुई दिन मेलमिलापकर्ता, वडा सचिव, प्रहरी इन्चार्ज तथा पत्रकारहरुको बिचमा स्थानीय तहबाट प्रदान हुने न्याय सम्पादन सम्बन्धि उक्त अन्तरकृया सम्पन्न भएको हो ।
अन्तरकृया कार्यक्रममा आम नागरिकहरुमा सहि समयमा उचित न्याय प्रदान गर्न सारोकारवालाहरु सहि भुमिका खेल्नुपर्ने सहभागीहरुले जोड दिएका थिए । यसैगरी अन्तरकृयामा न्यायिक समितिको काम कर्तब्य र अधिकारबारे छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले स्थानीय तहमा न्यायिक समिति तथा मेलमिलाप कार्यालय गाउँघरमा न्याय दिने उत्कृष्ट ब्यवस्था रहेको बताए । छिटोछरितो न्याय पाउनको लागि संविधानले दिएको उक्त ब्यवस्था उपलब्धिमुलक बन्दै गएको बताए । न्यायिक समितिको पदाधिकारी तथा सदस्यहरुका संरचनाबाट हरेक वर्गलाई समेटेकोले यस समितिको कामबाट हरेक जात, धर्म, समुदायले न्याय पाउने विश्वास रहेको उनले बताए । न्यायिक समितिलाई ब्यवस्थित र सबल बनाउन गाउँपालिकाबाट कार्यक्रम संचालन गरी सहयोग गर्ने अध्यक्ष श्रीवास्तवले प्रतिबद्धता ब्यक्त गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले न्यायिक समिति र मेलमिलाप केन्द्रमाथि जनविश्वास बढने गरेको बताइन् । जिल्ला अदालत रुपन्देहीका न्यायधिसले समय–समय सम्मरीमाई गाउँपालिका न्यायिक समितिको अनुगमनले थप बलियो बनाउदै गरेको उपाध्यक्ष सिंहले बताइन् । न्यायिक समितिले घर घरमा न्याय दिने अपेशक्षालाई सार्थक बनाउन हरेक सारोकारवालाले जिम्मेवार बनी समन्वयको आवश्यकता रहेको उपाध्यक्षले बताइन् । न्यायिम समितिमा न्यायकालागि आएका आएका दुबै पक्षलाई भेदभाव रहित सन्तोषजनक न्याय प्रदान गरिएको उनले बताइन् । गत आर्थिक वर्षमा करीब २ सय विवादलाई निरुपण गरेको उलने जानकारी दिएका छिन् ।
कार्यक्रममा सम्मरीमाई गाउँपलिका प्रमुख प्रशासकीय अधिृकत राजेश मल्लाह, सामुदायिक प्रकोप ब्यवस्थापन संजाल नेपालका अध्यक्ष जगन्नाथ प्रसाद कुर्मी लगायतकाले बोलका थिए ।
रामदास गौडले संचालन गरको उक्त अन्तरकृया कार्यक्रममा अधिवक्ता प्रदीप यादले सहजीकरण गरेका थिए ।