मर्चवार न्युज
मर्चवार ११ मंसिर । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा २ दिने परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ । कोटहीमाई–५ मझगावाँ स्वास्थ्य चौकीमा जारी शिविरको पहिलो दिनमै २० जनाले निस्शुल्क सेवा लिएको कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम निवास यादवले बताए । पहिलो दिनमा १२ जनाले बन्ध्याकरण र ८ जनाले इनप्लाण्ट सेवा लिएका शाखा प्रमुख यादवले जानकारी दिएका छन् ।
शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सानो परिवार सुखी परिवारको नारालाई सार्थक बनाउन बन्ध्याकरण शिविर महत्वपुर्ण भुमिका खेल्ने बताए । विश्वमा बढदै गरेको अधिक जनसंख्याको गतिलाई कम गर्न यस्ता शिविरको झन महत्व रहेको अध्यक्ष त्रिपाठीले बताए । उनले भने ‘हाम्रो आमदानी, जग्गा जम्मीन बढेको छैन तर जनसंख्या दिनहु बढीरहेको छ । यसलाई रोक्न हामी सबै सरोकारवालाहरु सक्रिय रुपले अघि बढनु पर्ने हुन्छ । ’ जनसंख्याले आर्थिक अवस्थामा प्रत्यक्ष असर गर्ने भएकोले यस प्रति सबैले चासो राखी महिला र पुरुष दुबैले बन्ध्याकरण प्रति सकारात्मक हुन जरुरी रहेको उनले बताए ।
कोटहीमाई गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनीले बन्ध्याकरणको महत्व दर्शाउदै यस शिविरमा जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयसेविका लगायत सबै सरोकारवालाहरु सकारात्मक भई सहयोग गर्न आग्रह गरेका थिए ।