छात्रवृत्तिमा सफल विद्यार्थीलाई पूर्व सांसद यादवको सहयोग

मर्चवार न्यूज 382+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मर्चवार । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मर्चवारीमाई गाउँपालिका–६, बगौली निवासी श्याम गुप्तालाई पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

सफल विद्यार्थीको अध्ययन निरन्तर रहोस् र आर्थिक अभावका कारण शिक्षामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको पूर्व प्रतिनिधि सभा सदस्य यादवले बताउनुभयो ।

२०८२ कार्तिकमा सम्पन्न प्रवेश परीक्षामा सहभागी गुप्ताले ५७औँ र्‍याङ्कसहित १६४ अंक प्राप्त गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । आर्थिक अवस्था कमजोर भए पनि लगनशीलता र मेहनतका कारण सफल भएका गुप्ताको परिवारमा आगामी अध्ययन खर्च व्यवस्थापनप्रति चिन्ता देखिएपछि घरमै पुगेर सहयोग तथा हौसला प्रदान गरिएको यादवले जानकारी दिनुभयो ।

राम्रो अंकसहित उत्तीर्ण भए तापनि काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अध्ययन गर्ने अवसर हुँदाहुँदै पनि बसोबास र खर्चको भारका कारण गुप्ताले घर नजिक पर्ने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार