कोटहीमाईमा १३ युनिट रक्तदान

मर्चवार न्यूज 382+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा १३ युनिट रक्तदान भएको छ । नियमित रक्तदाता संघ रुपन्देहीको आयोजना तथा कोटहीमाई गाउँपालिकाको सहयोगमा सोमबार सम्पन्न रक्तदान कार्यक्रममा कर्मचारी, जनप्रतिनिधि तथा प्रहरीहरूले रक्तदान गरेका थिए ।

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले आकस्मिक दुर्घटना, प्रसूति, शल्यक्रिया तथा विभिन्न रोगको उपचारमा रगतको अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज यहाँ १३ युनिट रगत संकलन हुनु स्वयंसेवी भावना, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण हो । रक्तदानप्रति जनप्रतिनिधि, समाजसेवी, स्वास्थ्यकर्मी सबैले सकारात्मक भई यसलाई अझ बढाउनु जरुरी छ ।’ उहाँले रक्तदानका लागि सबै नागरिकमा सचेतना अझै बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।


कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखाका सि.अ.हे.व. अंकित शर्माले स्वेच्छाले रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाताहरू, स्वास्थ्यकर्मीहरू तथा कार्यक्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार