मर्चवार । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ मा ६६.६१ प्रतिशत मतदान भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ७७ हजार ३ सय ९३ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
४८ वटा मतदान स्थलमा रहेका १ सय ३३ मतदान केन्द्रमा भएको मतदानमा ३८ हजार १ सय ३३ महिला र ३९ हजार २ सय ६० पुरुषले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । सम्बन्धित मतदान केन्द्रका अधिकृतहरूले मतपेटिका मतगणना स्थल कोटहीमाई–५ मझगावाँमा बुझाइरहेका निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभयो ।
सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक गरी मतगणना सुरु गरिने निर्वाचन अधिकृत विष्टले बताउनुभयो । अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।