गृहमन्त्री लेखकले दिए राजीनामा

मर्चवार न्यूज 367+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

मर्चवार । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएको छ । 

उहाँले आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।

उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै