सडक दुर्घटनामा मर्चवारीमाईका पूर्ववडाध्यक्षको निधन

मर्चवार न्यूज 367+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

मर्चवार । मर्चवारीमाई गाउँपालिका वडा नं. ३ का पूर्व वडाध्यक्ष नारायण बहादुर यादव (विकास) को सडक दुर्घटनामा परी दुःखद निधन भएको छ।

बिहीबार राति करिब ८ः२० बजे मर्चवारबाट भैरहवा जाँदै गरेका यादव सिद्धार्थनगर नगरपालिका वडा नं. १० स्थित शंकरपुर क्षेत्रमा दुर्घटनामा परेका थिए। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल उनको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ। दुर्घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा यादव मर्चवारीमाई गाउँपालिका वडा नं. ३ बाट तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा उनले स्थानीय विकास, पूर्वाधार निर्माण तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

केही महिना अघि असुरैना क्षेत्रमा आयोजित एक कार्यक्रममा उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। पार्टी परिवर्तनपछि पनि उनी स्थानीयस्तरमा सक्रिय रहँदै आएका थिए।

उनको आकस्मिक निधनले मर्चवार क्षेत्रमा गहिरो शोक छाएको छ। स्थानीय बासिन्दा, राजनीतिक दलका नेता तथा विभिन्न संघसंस्थाले उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार