आज राष्ट्रियसभाका लागि १९ जना सांसद सदस्य छानिँदै !

Marchuwar News 1+ समाचार ( )
संघीय संसदमा प्रतिनिधित्व गर्ने ९ दलका ४३ उम्मेदवारको चुनावी प्रतिस्पर्धा
१२ माघ २०७८, बुधवार

 १२ माघ/ काठमाडौं ,                                                     फाईल तस्विर

: १९ राष्ट्रियसभा सदस्य चुन्न बुधबार निर्वाचन हुँदै छ। जसका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने ९ दलका ४३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। प्रदेशहरूमा कायम गरिएका ८ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। नतिजा बुधबार रातिनै आउने सम्भावना रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए।

यो निर्वाचनबाट ७ महिला, ३ दलित, २ अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र ७ अन्य समूहका उम्मेदवार निर्वाचित हुनेछन्। आयोगका अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा भाग लिएका छन्। 

प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ जना मतदाता हुनेछन्। स्थानीय तहका १ हजार ४ सय ९३ र प्रदेशसभाका ५ सय ३२ मतदाता रहनेछन्। एमालेका ८, नेकपा (एकीकृत समाजवादी) का ४, माओवादी केन्द्रका ४ र कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि आगामी फागुन २० गते सकिँदै छ। पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ। 

५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ सदस्यको प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ। प्रवक्ता पौडेलका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार