काठमाडौं महानगरपालिकाले भत्काएको मेरो घर होइन : संसद शुक्ल

हृदयराम गुप्ता 121+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

मर्चवार न्यूज

मर्चवार १८ कार्तिक÷ काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा आफ्नो घर भनी प्रसारित भएको भन्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले आपत्ति जनाएका छन् ।


सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै शुक्लले भनेका छन्, ‘एकजना टिकटक मेकरले ज्ञानेश्वरको एउटा पुरानो घरलाई महानगरपालिकाले भत्काएकोमा मेरो घर भनी प्रसारित गरेकोमा त्यो घर मेरो नभएको स्पष्ट गर्दै म र मेरो पार्टीसमेतलाई लक्षित गरी गरिएको यस्तो प्रायोजित दुष्प्रचारप्रति मेरो घोर आपत्ति रहेको छ । ’ यस सरासर झुठो व्यहोरालाई अविलम्ब सच्याउन उनले आग्रह गरेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार