मर्चवार लिफ्ट सिँचाईको अध्यक्षमा राजेन्द्र यादव बिजयी

मर्चवार न्यूज 367+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको मूल समितिको अध्यक्षमा राजेन्द्र यादव १ मतले बिजयी भएका छन् । आज शनीबार अध्यक्ष, सचिव तथा कोषाध्यक्ष तीन पदका लागि भएको निर्वाचनमा ६४ मत प्राप्त गरी उनी बिजयी भएका निर्वाचन अधिकृत विवेक साहले बताए । 

यसैगरी सचिवमा जगन्नाथ प्रसाद कुर्मी ७५ मत, कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्यायी बिजयी भएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् । 

अध्यक्ष पदका निकटतम नजीर अहमद मुसलमानले ६३ मत, फिरोज अहमद खाँनले २ मत ल्याएका उनले बताए । सचिव पदका लागि उम्मेदवार अब्दुल सलाम मुसलमान ४६ मत, कोषाध्यक्ष पदका लागि जनार्दन यादव ५४ मत ल्याएका निर्वाचन अधिकृत साहले जानकारी दिएका छन् । 

१ सय ३१ मत दाता रहेका निर्वाचनमा १०० प्रतिशत मतदान भएको थियो । यस अघि पुरुष उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेको उलने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार