कोटहीमाईको स्वास्थ्य शाखा प्रमुख यादवको निधन

मर्चवार न्यूज 367+ समाचार ( )
२० जेठ २०८२, सोमबार

मर्चवार । रुपन्देही कोटहीमाई गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) रामनिवास यादवको निधन भएको छ । बुधबार सवारी दुर्घटनामा परि घाइते हुनुभएका यादवको सोमबार (आज) उपचारको क्रममा भारतको लखनउमा निधन भएको हो । 

बुधबार कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडीको सडकमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

दुर्घटनापछि उहाँलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि परिवारले यादवलाई थप उपचारका लागि शनिबार भारतको लखनउ लगिएको थियो ।

उपचारको क्रममा आज दिउँसो २ बजे उहाँको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।

यादवको निधनप्रति शोक दुःख गर्दै गाउँपालिकाले जेठ २० गते मंगलबार (भोलि) शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक विदा दिइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार