मलखाद खरीद बिक्री बन्द गर्न सहकारी संस्थाहरुको निर्णय

हृदयराम गुप्ता 121+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

मर्चवार न्यूज

मर्चवार, १८ कार्तिक÷रुपन्देहीको मर्चवार क्षेत्रका सहकारी संस्थाहरुले मलखाद खरीद बिक्रि बन्द गर्न निर्णय गरेका छन् । यस क्षेत्रमा मलखाद बिक्री वितरण गर्ने सहकारी संस्थाहरुले शनीबार मर्चवारी ४ मा श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सामुहिक बैठक बसी स्थानीय सरकारले निर्धाण गरेको बिक्री मुल्य उपयुक्त नरहेको भन्दै बिक्री दररेट नसच्याउन्जेल मलखाद बिक्रीवितरण बन्द गर्न निर्णय गरेको जिल्ला सहकारी संघ रुपन्देहीका सल्लाहकार अशोक कुमार त्रिपाठीले बताए । 


कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका २२ वटा सहकारी संस्थाका संचालक समितिका पदाधिकारी तथा कर्मचारीहरुको सहभागीतामा बसेको बैठले अहिले सम्म बिक्री गर्दै आएको युरिया प्रति बोरा ९ सय, डि.ए.पी. प्रति बोरा २ हजार ३ सय ५० र पोटास १ हजार ७ सय ५० रुपैया मुल्य कायम गर्न माग सहित निर्णय गरेकोे जिल्ला सहकारी संचालक समिति सदस्य अशोक कुमार तिवारीले जानकारी दिएका छन् । उनले भने ‘बढदो महंगी अवस्थाले संस्थालाई घाटा हुने गरी सेवा दिन सकिदैन, अन्य क्षेत्र पुरानै दररेट काय रहेको छ मर्चवारको दक्षिणी क्षेत्र सम्म ल्याउदा थप खर्च लग्दछ अनि सस्तोमा कसरी बेच्ने? । ’ मर्चवारको कोटहीमाई गाउँपालिकाले उपयुक्त दररेट निर्धाणर गरेपनि सम्मरीमाई र मर्चवारीले संस्थालाई घाटाहुनेगरी मुल्य निर्धाणर गरेको तिवारीले जानकारी दिएका छन् ।


रुपन्देही सहकारी लेखा समिति सदस्य जितेन्द्र यादवले गाउँपालिकाले निर्धारणको मूल्य अनुसार खरीद मुल्यमा मलखादको ढुवानी खर्च, शेयर सदस्यको लगानीको ब्याज, अवात जावत विविध खर्च, लोड अनलोड गर्दा लग्ने खर्च जोडदा संस्थाको कुनै  नफा नदेखिएको बताए । युरिया ७ सय ५०, डि.ए.पी. २ हजार २ सय र पोटास १ हजार ६ सयमा खरिद भइरहेको उनले बताए । त्यसमा लग्ने अन्य विभिन्न खर्च १ सय ५० रुपैया मात्र जोडिएको उनले जानकारी दिएका छन् । गाउँपालिकाले निर्धाण गरेको दररेटमा खरीदमा १ सय रुपैया मात्र अन्य खर्च समावेश गरेको लेखा सदस्य यादवले बताए ।

प्रतिक्रिया

संदीप त्रिपाठी १९ कार्तिक २०८०, आइतबार

नेपाल सरकार को सहकारी नियमावली अनुसार ढूवानी र खर्च संचालन का लागी 1 रुपैया प्रति किलो निर्णय गरेको छ 100 रुपैया बोरा मा सबै खर्च कटायर 40 रुपैया सम्म नाफा देखिँछ

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै