मर्चवार ८ बैशाख÷ रुपन्देही सम्मरीमाई गाउँपालिका वडा नम्बर १ अग्नी पिडितलाई सम्मरीमाई गाँउपालिकाका निर्वतमान अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले सहयोग गरेका छन् ।
वडा नम्बर १ मुडिलामा हिजो भएको आगलागीले पिडीत १२ जनालाई उनले जनही ३ हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको शुक्लले बताए । वडा नम्बर १ मुडिलाका महेन्द्र लोध, राजु लोध, शैलेन्द्र लोध, राम अचल लोध, डेवा लोध, कोलई लोध, बर्साती चमार, तहसिल धुनिया, दयाराम पासी, रामनाथ लोध, टासे लोध र राजु हरिजनको परिवारलाई शुक्लले आर्थिक सहयोग गरेका हुन् ।
पिडितहरुलाई सहयोग गर्दै शुक्लले स्थानीय तहले तत्काल सहयोगको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । उनले भने ‘विपद् ब्यवस्थापन कोषमा हरेक पालिकाले रकम बिनियोजन गरेका हुन्छन् यस्तै आइपर्ने बिपद्मा तत्काल सहयोग गर्नुपर्दछ ।’ अग्नी पिडितहरुको राहतको लागि स्थानीय तर र प्रदेश सरकारसंग थप सहयोग माग्ने शुक्लले बताए ।
हिजो उक्त टोलमा आगलागी भई विभिन्न खेतबाली आगो फैलिएको थियो । आगलागीबाट स्थानियहरुको कच्ची घरको साथै अन्न, लत्ता कपडा लगायतका समान पनि जलेका थिए । मर्चवारमा दमकल नभएकै कारण स्थानीय श्रोतसाधनको प्रयोग गरी आगो नियन्त्रण गर्न खोज्दा अधिक हवाहुरीले नियन्त्रण भन्दा बाहिर रहेको थियो । उक्त आगलागीले गहुँ खेती, घर टहरा, घर भित्र राखिएको गहँु, पाडे, कुखुरा तथा लगायत विभिन्न धनसम्पत्तिहरु जलेर नष्ट भएको स्थानीयले बताए ।