मर्चवारमा ३२ यूनिट रक्तदान

महेश गुप्ता 92+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

मर्चवार २३ चैत÷रुपन्देहीको मर्चवार क्षेत्रमा ३२ युनिट रक्तदान गरिएको छ । रेडक्रास सोसाइटी सम्मरीमाई उपशाखा तथा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्मपन्न गरिएको हो ।

‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवसको अवसरमा सम्मरीमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले रगतको अभावलाई न्युनिकरण गर्न युवाहरुकै आवश्यता रहेको बताए । उनले भने ‘हामी युवा वर्गले नगरे कस्ले गर्ने । आवश्यक परेको बेलामा सबैलाई रगत चाहिएको हुन्छ तर जनचेतनाको अभावले सबैले दिन खोज्दैनन त्यसलाई रक्तदानबारे सबैलाई जनचेतना समेत फैलाउनु पर्दछ ।’ खुल्ला रक्तदानले आमनागरिकमा सकारात्मक सन्देश समेत जाने भएकोले रक्तदान कार्यक्रम उपलब्धिमुलक हुने भएको बताए । 


रक्तादान कार्यक्रम उत्सापुर्वक रक्तदाताहरुको सहभागीताले समाजको समस्या प्रति युवाको सकारात्मक चासो देखिएको नेपाल रेडक्रास सोसाइटी सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपध्यायले बताए । आगामी दिनमा यस भन्दा बढी लक्ष्य राखेर रक्तदान कार्यक्रमलाई निरन्तरता दिने सभापति उपध्यायले जानकारी दिएका छन् । 

सम्मरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा सम्मरीमाई ४ का वडाध्यक्ष दिवाकर प्रसाद दुबे, वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मी, सम्मरीमाई गाउँपालिकाको लेखा अधिकृत प्रकाश पौडेल लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार