धोति दिवस मनाउदै गर्दा सिके राउत सहित पक्राउ

हृदयराम गुप्ता 121+ समाचार ( )
१६ पौष २०८०, सोमबार

मर्चवार न्युज

मर्चवार/ धोति दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत लगाएत केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राउत सहित ४० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । धोति पहिरनसहित उनीहरु राष्ट्रिय धोति दिवसको व्यानरमा माइतिघरमा भेला भएका थिए ।

माइतिघरमा प्रदर्शनका लागि भेला भएपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्रबारे जानकारी गराएको थियो । तर एक समूह बबरमहलबाट माइतिघर आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

धोति दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी समेत माइतिघर पुगेकी थिईन ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार