मर्चवार । इलाका प्रशासन कार्यालय मझगावाँ रुपन्देहीमा चोरी भएको छ । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचय पत्र सेवाको कोठा नं. २ को ताला तोडिएर चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख यज्ञराज पोख्रेलले बताए ।
गत राती अज्ञात ब्यक्तले ताला तोडेर राष्ट्रिय परिचय पत्र बनाउने ल्यापटप तथा क्यामरा चोरी लगेको कार्यालय प्रमुख पोख्रेलले बताए । उनले भने ‘कार्यालयमा सिसिटीभी क्यामरा रहेको छैन त्यसैले चोरी गर्न आएको कुनै ब्यक्तिको पहिचान खुलेको छैन । विहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्न साथ सबैलाई खबर गरिएको छ ।’ उक्त कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, मधेशी दलित लगायतका प्रमाणितका सेवाहरु प्रदान हुदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिएका छन् ,
इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरी घटनाको अनुसन्धान शुरु भएको बताए । आवश्यक जनशक्ति सहित उक्त घटनाको अनुसन्धान गर्न थालिएको प्रहरी निरीक्षक बस्यालले बताए । उनले भने ‘चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामरा छैन अन्य नजिक रहेको अन्य कार्यालयमा जडान भएको क्यामराको सहायता सहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान गर्न थालिएको छ । ’ उक्त घटनामा एक थान एचपी कम्पनीको ल्यापट र एक थान क्यानान कम्पनीको क्यामरा चोरी भएको प्रराम्भिक अवस्था खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।