जनकल्याण स्वावलम्बनको २५औँ साधारण सभा सम्पन्न

मर्चवार न्यूज 152+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

मर्चवार । श्री जनकल्याण स्वालम्बन बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले आइतबार मर्चवारी ५ महुवारी संस्थाको प्रांगणनमा आर्थिक वर्ष २०८०÷०८१ को आय ब्यय प्रस्तुत गर्दै उक्त सभा सम्पन्न गरेको हो । 

सभाका अध्यक्ष एवम स्वावलम्बनका अध्यक्ष फुलमन पटेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले १६ करोड २१ लाख ११ हजार ३३७ रुपैयाको सम्पत्ती कायम गरेको बताए । संस्थाले विभिन्न कारोबार गरी आर्थिक वर्ष २०८०÷०८१ मा ४३ लाख ३० हजार ४ सय ८५ रुपैया शुद्ध नफा गर्न सफल भएको अध्यक्ष पटेलले बताए । यसैगरी संस्थाले किसानको लागि बिक्री गरेको मलबाट ७१ हजार ४८० रुपैया नफा गरेको बताए । संस्थामा ४८० महिला र ७०१ पुरुष गरी १ हजार १ सय ८१ जना रहेको शेयर सदस्यहरुको १ करोड २८ लाख ४२ हजार ४ सय शेयरपुँजी रहेको अध्यक्ष पटेलले जानकारी दिएका छन् । संस्थामा विभिन्न किसिमको ३ हजार ८० जनाले बचत गरेको ११ करोड ५० लाख ५३ हजार ८ सय ३४ रुपैया बचत गरेको बचतकर्तालाई १ करोड १ लाख ३५ हजार ६ सय ४२ रुपैया ब्याज प्रदान गरेको अध्यक्ष पटेलले जानकारी दिएका छन् । नेपाल सरकारले उपलब्ध गराएको ४५१ बोरा युरिया, २९४ बोरा डिएपी र ३० बोरा पेटास मल किसानहरुमा बिक्री वितरण गरेको उनले जानकारी दिएका छन् । 

आर्थिक वर्ष २०८०÷०८१ मा कृषि, ब्ययपार तथा अन्य शिर्षकमा ११ करोड ४३ लाख १५ हजार ६ सय ऋण लगानी रिएको अध्यक्ष पटेलले जानकारी दिएका छन् । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मर्चवारी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष कृष्ण कुमार सिंहले सहकारीले सुरक्षा फितलो देखिएको बताए । करीब ५ महिना चोरी भएको २३ लाख रुपैयाको कुनै किसिमले पत्ता नलागेको जिकिर गर्दैै सहकारी प्रति विश्वास घटदो अवस्था रहेको वडाध्यक्ष सिंहले बताए । उनले भने ‘सहकारीको अभियन्ताहरुले बैंकलाई छोडेर सहकारीमा पैसा जम्मा गर्न गरिब परिवारलाई अनुरोध गर्दछन तर त्यसको सुरक्षाको जिम्मा कस्ले लिने ?’ प्रमुख अतिथि सिंहले आफुले निर्वाचित भइ आएदेखि जनतामुखी काम गर्दै आएको बताए । सहकारीको आवश्यक कार्यमा सहकार्यको प्रतिबद्धता जाहिर गर्दैै सहकारीले उपलब्ध गराउने लामो प्रकृयालाई छोटो बनाउन उनले सहकारीलाई आग्रह गरेका थिए । 

मर्चवारी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ओम प्रकाश चौधरीले मर्चवारी गाउँपालिकाबाट हरेक सहकारीलाई कम्प्युटर तथा प्रिन्टर लगायत आवश्यक सामाग्री छिट्टै उपलब्ध गराउने बताए । स्थानीय सरकारले गर्न सक्ने सहकारी सम्बन्धी कार्यक्रमको प्रपोजल बनाई उपलब्ध गराए सो सम्बन्धी बजेट निर्माण सहकारी विकासमा काम गर्ने वडाध्यक्ष चौधरीले जानकारी दिएका छन् । 

कार्यक्रममा समाजसेवी राजकुमार सिंह, जिल्ला सहकारी संघका सल्लाहकार आशोक कुमार त्रिपाठी, भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारी लगायतकाले मनतब्य राखेका थिए । 

सभामा संस्थाका ब्यवस्थापक दिनेश कुमार मौर्यले आय व्यय प्रस्तुत गरेका थिए भने संस्थाका कर्मचारी जनार्दन प्रसाद यादवले कार्यक्रम संचालन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार