लुम्बिनी विकास कोषका पदाधिकारी र निर्माण व्यवसायी बिच झडपः सदस्य सचिव घइते

मर्चवार न्यूज 367+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

लुम्बिनी । लुम्बिनी बिकास कोषले काम गरे बापतको रकम भुक्तानि नदिएको भन्दै आइतबारदेखि  आन्दोलनरत निर्माण व्यवसायी र लुम्बिनी विकास कोषका पदाधिकारी बिच झडप भएको छ ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको कार्यक्रम लुम्बिनी स्थित होटेल फाईभ इलेमेण्टमा चलिरहेको बेला ठेकदारले पदाधिकारीलाइ लछारपछारगर्दै हातपात समेत गरेका छन ।

कुटपिटबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा सामान्य चोट लागेको छ । ठेकेदारहरूको सो समूहले आफू समेतलाइ हुलहुज्जत तथा लछारपछारगर्दै हातपात गरेको कोषाध्यक्ष शिद्धिचरण भट्टराइले बताए । निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जत सहित अपमानजनक ब्यवहार गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले भने, ‘समाधानकै प्रकृयामा थियकक, अचानक आक्रमण भयो ।’

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापतिमा.सोनाम गेल्जेन शेर्पा समेतको उपस्थिती रहेको कार्यक्रम चलिरहेकै बेला झडप भएको इलाका प्रहरी कार्यलय लुम्बिनी ले बताएको छ । लुम्बिनीमा निर्माण काम गरिरहेका खानी अर्घाखाँची बाबुल जेभी, रमन गजुरमुखी राम जानकी जेभी, लामा अपेक्स कमलजित जेभी र लुम्बिनी अनक खड्का कृष्ण जेभीले कोषबाट करिब ४९ करोड भुक्तानी पाउन बाँकी छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै