नेपाली कांग्रेस कोटहीमाई ७ को भेला सम्पन्न

मर्चवार न्यूज 367+ समाचार ( )
२२ पौष २०८१, सोमबार

मर्चवार । नेपाली कांग्रेस कोटहीमाई ७ को वडा भेला सम्पन्न भएको छ । आइतबार कोटहीमाई ७ परसहवाँमा एक कार्यक्रमका बिच बिशेष राष्ट्रिय अभियान सहित उक्त भेला सम्पन्न भएको हो ।  

कार्यक्रममा बोल्दै भेलाका प्रमुख अतिथि मायादेवी गाउँपालिका अध्यक्ष ध्रुव नारायण चौधरीले राजनितीमा महिलाहरु अझै सक्रिय भएर आउनुपर्ने बताए । उनले पार्टीमा भएका कमीकमजोरीलाई सुधार गर्दै एकताबद्ध रुपमा काम गर्न समेत आग्रह गरेका थिए । उनले राजनितीमा युवाहरु आउनुपर्ने जोड दिदै नेपाली कांग्रेसमा युवाहरुलाई कसरी जोडन सकिन्छ त्यसतर्फ पनि सोच्नुपर्ने बताए । उनले कोटहीमाई गाउँपालिका वडा नम्बर ७ ले गाउँमा नै उदाहरणीय काम गर्दै आएको बताउदै यसलाई निरन्तरता दिन आग्रह समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी जयचन्द यादवले राष्ट्रियता, लोकतन्त्र, समाजबादको लागी नेपाली कांग्रेस कसैको अगाडी नझुकेको बताए । उनले राष्ट्रलाई बलियो बनाउन नेपाली कांग्रेस एकबद्ध भएर लागी परेको  बताए । कांग्रेसको अगुवाइमा प्रजातन्त्र आएदेखी नै शिक्षा, स्वास्थ्य ,बाटोघाटो लगायत बिभिन्न क्षेत्रमा उल्लेखय बिकास हुदै गएको उनले बताए ।  


कोटहीमाई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पवन कुमार यादवले वडा नम्बर ७ ले जनताको चाहना अनुसार नै काम गर्दै आएको बताए । उनले वडा कार्यालयले वडाको बिकासमा बिभिन्न योजनाहरु बनाएर समृद्ध कोटहीमाई गाउँपालिका बनाउने उद्देश्य साथ काम गर्दै आएकोले पालिकामा भौतिक बिकास संगै मानवीय बिकासमा समेत जोड दिएको उल्लेख गर्नु भयो ।

नेपाली कांग्रेसका राम आशिष यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा मायादेवी गाउँपालिका सभापति पदम भण्डारी, नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधी गुरुबचन यादव, वडा सदस्यहरु इसराक अहमद, घनश्याम लोध, माल्ती हरिजन लगायतले बोल्दै नेपाली कांग्रेसलाई वडा वडामा बलियो बनाउन आग्रह गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार