मर्चवार निजि अंग्रेजी विद्यालय संघको ९औँ खेलकुद महोत्सव सम्पन्न

मर्चवार न्यूज 367+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

मर्चवार । मर्चवार निजि अंग्रेजी विद्यालय संघ रुपन्देहीको ९औँ खेलखुद महोत्सव सम्पन्न भएको छ । विभिन्न खेलको आयोजना गरी संस्थाले शुक्रबार उक्त महोत्वसको समापन गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले मर्चवार क्षेत्रमा विद्यालयले अध्यापन संगै विद्यार्थीहरुको प्रतिभा पनि बाहिर ल्याउन कार्यक्रममा जोड दिनुपर्ने बताए । मर्चवार निजि अंग्रेजी विद्यालय संघले अध्यापन संगै गरेको खेल महोत्सवले मर्चवार क्षेत्रलाई देश सहित विश्वभरी चिनाउने कार्य भएको बताए । उनले भने ‘म यस संघको हरेक वर्ष महोत्सवमा सहभागी हुने गरेको छु । हरेक वर्ष विद्यार्थीहरुको प्रतिभाको विकास भइरहेको छ । यस प्रति स्थानीय सरकार पनि चासो दिएर सहकार्य गर्नु आवश्यक रहेको छ ।’ मर्चवार क्षेत्रको हरेक टोलका युवाहरुले देशको विभिन्न निकायमा जागिरे देख्न सापना बोकेको प्रमुख अतिथि बनियाले बताए । प्रदेश सरकारबाट निःशुल्क लोक सेवा तयारी कक्षा संचालन लागेको बताउदै कक्षा १२ पास भएको मर्चवारी, सम्मरीमाई गाउँपालिकामा सम्बन्धित पालिकाको विद्यार्थीहरुले फार्म भर्न आहवान गरेका छन् ।


यसैगरी कार्यक्रमका विशिष्ट अतिथि मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारी गाउँपालिका सब भन्दा बढी शिक्षा क्षेत्रमा लगानी गरेको दबी गरे । गुणस्तीय शिक्षा प्रदानको लागि १० वर्षीय शिक्षा योजना निर्माण गरी कार्य गरीरहेको अध्यक्ष बरईले बताए । मर्चवारी गाउँपाकिलामा शिक्षकको दरबन्दी न्यून रहेको बताउदै शिक्षा क्षेत्रको अधिकांस लगानी तलब मै गइरहेको अध्यक्ष बरईले बताए । सामुदायिक विद्यालय संगै निजि विद्यालय पनिको निगरानी स्थानीय सरकारले गरिरहेको बताए । 

सम्पन्न खेलकुद महोत्सवमा भाग लिएका विभिन्न विद्यालयहरुले विभिन्न खेलमा विभिन्न स्थान हासिल गरेको संघका अध्यक्ष जितेन्द्र सिंहले बताए । मर्चवार क्षेत्रका करीब २ दर्जन विद्यालयहरुको सहभागीतमा २२ वटा विभिन्न खेल प्रतियोगिता भएको अध्यक्ष सिंहले बताए । शिक्षा संगै विद्यार्थीहरुको प्रतिभाको विकास गर्ने उद्देश्यले हरेक वर्ष अन्तर विद्यालय स्तरीय प्रतियोगिता हुदै आएको अध्यक्ष सिंहले जानकारी दिएका छन् ।

कार्यक्रममा समाजसेवी अशोक कुमार जैसवाल, अर्जुन जैसवाल, पैमेसका पुर्व अध्यक्ष मर्चवारी २ का वडाध्यक्ष सशीदयाल चौधरी, संघका पुर्व अध्यक्ष गंगाराम गुप्ता, संघका सल्लाहकार रामधनी मौर्य लगायत विभिन्न शिक्षक, अभिभावक तथा जनप्रतिनिधिहरु मनतब्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै