मर्चवारी गाउँपालिका वडा नं. ७ मा कम्बल वितरण

महेश गुप्ता 92+ समाचार ( )
१७ माघ २०८०, बुधवार

मर्चवार १७ माघ÷रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ७ मा कम्बल वितरण गरिएको छ । वडा नं. ७ को आयोजनामा २ सय ७० जनालाई कम्बल वितरण गरिएको मर्चवारी गाउँपालिका वडा नं. ७ का वडा सचिव राम चन्दर यादवले बताए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहले वडा भित्र रहेको ज्येष्ठ नागरिक आमा बुवा तथा एकल महिलाहरुको लागि कम्बल चिसोको बेला ठुलो सहारा बन्ने बताइन् । वडाले कम्बल वितरण गरेको कार्य प्रशंसनीय रहेको उपाध्यक्ष सिंहले बताइन् ।


शितलहर तथा चिसोबाट बच्न वडा भित्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अति विपन्न ब्यक्तिहरुलाई कम्बल वितरण गरिएको वडाध्यक्ष गनेश चौधरीले बताए । शितलहर र चिसोले जनजीवन प्रभावित रहेको बेला कम्बल वितरण गरिएको वडाध्यक्ष कुर्मीले जानकारी दिएका छन् । कम्बल वितराण कार्यक्रमको अध्यक्षता समेत गरेका वडाध्यक्ष कुर्मीले भने ‘ज्येष्ठ नागरिक हाम्रा मार्गदर्शक हुन्, अनुभवको खानी हुन, उहाँहरुले जोगाएको सम्पत्ति अहिलको पिढीलाई उपहार हो । हरेक सन्तालनले आफ्ना आमाबाबालाई सम्मान गर्नुपर्दछ । आफ्नो वडा भित्रका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न पाउँदा निकै खुसी रहेको छु । म जनता कै आर्शिवादले निर्वाचित भएको हुँ म सम्पूर्ण वडावासीहरुको हरेक सुखदुखमा साथ रहनेछु ’ ।

कम्बल वितरण कार्यक्रममा मर्चवारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार