रुपन्देही युवा समूहले ‘हिरोज अफ मर्चवार अवार्ड’ प्रदान गर्दै

हृदयराम गुप्ता 121+ समाचार ( )
२३ पौष २०८०, सोमबार

मर्चवार न्यूज

मर्चवार, २३ पुस ।रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न १२ विधामा २३ जना ‘हिरोज अफ मर्चवार अवार्ड–२०८०’ बाट सम्मानित हुने भएका छन् । रुपन्देही युवा समूहको आयोजनामा आगामी माघ १३ गते उक्त अवार्ड प्रदान गरिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

मर्चवार क्षेत्रलाई कर्मभूमि बनाई मर्चवार विकासमा खेलेका भूमिका तथा मर्चवार इतिहासमा योगदान दिएकाहरुलाई उक्त अवार्डबाट सम्मान गरिने कार्यक्रम संयोजक शिवशरण लोधले बताए । संयोजक लोधका अनुसार शिक्षा क्षेत्रबाट २,कृषि क्षेत्रबाट २, राजनीति क्षेत्रबाट २, समाजसेवाबाट २, स्वास्थ्यबाट २, खेलकुदबाट २, सञ्चार क्षेत्रबाट २, गीत–संगीतबाट २, नृत्यबाट २, वित्तीयबाट २, उद्योग व्यवसायबाट २ र युवा क्षेत्रबाट १ गरी २३ जनालाई उक्त अवार्डबाट सम्मान गरिनेछ । करिब ४ लाख रुपैयाँ उक्त कार्यक्रम कोटहीमाई गाउँपालिका वडा नम्बर ५ मा रहेको बहुउद्देश्यीय सभा हलमा उक्त कार्यक्रम हुने कार्यक्रम संयोजक लोधले बताए ।

त्यसै गरी उक्त अवार्ड कार्यक्रमा आउने जनप्रतिनिधिसहित अन्य अतिथिहरुलाई सम्मान गरिने उनले जानकारी दिए ।

अवार्डबाट सम्मानित हुने व्यक्तित्वहरुको छनौट समितिका संयोजक सुग्रिम यादवले हरेक विधाका लागि ५–५ जनाको नाम सिफारिस भइ आउने र त्यसमध्ये २ जनालाई सम्मान गरिने बताए । उनले भने, ‘सम्मानित गरिने विधाबाट १ जना सल्लाहकार छनौट गरिएको छ जो कि यस समूह भन्दा बाहिरका रहेका छन् । सम्बन्धित क्षेत्रबाट पाँच जनाको नाम आएपछि सोहीबाट छनौट समितिले छनौट गर्नेछ जसले पूर्ण रुपले निष्पक्ष छनौट हुनेछ ।’ अवार्डबाट सम्मानित हुने व्यक्तिहरु सम्मानित हुने आधारसहित बायोग्राफी समेत बनाइने छनौट समितिका संयोजक यादवले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही युवा समूहका अध्यक्ष विशाल गुप्ताले मर्चवार क्षेत्रका विभिन्न व्यक्तित्वहरु राष्ट्रिय अवार्डबाट सम्मानित हुने योग्य रही अहिलेसम्म छुटेकालाई हिरोज अफ मर्चवारबाट सम्मान गर्न उक्त कार्यक्रम मर्चवारमा गर्न लागिएको बताए । मर्चवार क्षेत्रबाट हुने विभिन्न क्रान्तिले देशको विभिन्न  व्यवस्था परिवर्तनमा भूमिका खेलेको भन्दै यस क्षेत्रलाई कर्मभूमि बनाई देश र समाजका लागि योगदान दिने व्यक्तिहरुलाई पहिलो पटक सम्मान गर्न थालिएको उनले बताए । अवार्ड कार्यक्रममा स्थानीय कलाकारको प्रवद्र्र्धन गर्न उद्देश्यले बृहत साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको गुप्ताले जानकारी दिए ।

उक्त समूहले यो कार्यक्रमलाई आगामी दिनमा निरन्ता दिई ‘जनता दरबार कार्यक्रम’ पनि ल्याउने तयारी भइरहेको अध्यक्ष गुप्ताले बताए । जनता दरबारमा कार्यक्रामा गाउँटोलमा पुगि सभा लगाएर विभिन्न व्यक्तिहरु समस्या सन्ने उक्त समस्याहरु हल गर्ने सम्बन्धित निकायमा पहलकदमी गर्ने अध्यक्ष गुप्ताले जानकारी दिए । 

उक्त समूहले समाजमा योगदान पुर्याउने व्यक्तिहरुलाई अवार्ड प्रदान गर्नुका साथै कम्बल वितरण, स्वास्थ्य शिविर, अनाथ बालबालिकालाई सहयोग लगायतका कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले बताए । 

पत्रकार सम्मेलनमा बोल्दै  नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्य रामविकास चौधरी तथा जनमत पार्टी इञ्जिनियर संघ रुपन्देहीका अध्यक्ष अमरनाथ यादवले उक्त अवार्ड कार्यक्रम मर्चवारमा गरेको भन्दै आयोजक समितिलाई धन्यवाद ज्ञापन गरेका थिए । मर्चवारबाट देशलाई महत्वपूर्ण योगदान गरे पनि हरेक सम्मान कार्यक्रमबाट वञ्चित हुनुपरेको बेला मर्चवारमा पहिलोपटक अवार्ड कार्यक्रम भएकोले मर्चवारका लागि गौरव रहेको उनीहरुको तर्क गरे । 

प्रतिक्रिया

Ranjeet yadav २३ पौष २०८०, सोमबार

म पनि नाम लेखाउन चाहन्छु

Ranjeet yadav २३ पौष २०८०, सोमबार

म पनि नाम लेखाउन चाहन्छु उहां हरु को मोइबल न चहिन्छ

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार