सिद्धार्थनगर नगरपालिकामा भर्ना भएका १५ नगर प्रहरी तालिम

मर्चवार न्यूज 367+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

भैरहवा । शसस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण ले सिद्धार्थनगर नगरपालिकामा खटिने नगर प्रहरीलाई शान्तिसुरक्षा र भीड नियन्त्रणसहित व्यावसायिक जिम्मेवारीसँग सम्बन्धित एक महिनाको आधारभूत तालिम प्रदान गरेको छ । 

नगरपालिकाले यसै आर्थिक वर्षमा भर्ना लिएका २ महिला सहित १५ जना नगर प्रहरीलाई फौजी कवाज, नगर प्रहरीको काम, कर्तव्य र अधिकार, अग्नी नियन्त्रण, आपतकालिन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, सभा समारोह व्यवस्थापन लगायतको तालीम प्रदान गरिएको छ । ३० दिने तालीममा नगर प्रहरीहरुलाई बल प्रयोगको सिद्धान्त, अनआई कम्ब्याट, स्थानिय सरकार सँग सम्बन्धित विभिन्न ऐन नियमहरु, हुल तथा दंगा व्यवस्थापन, राहत वितरण तथा व्यवस्थापन प्रणाली, प्राथमिक उपचार, सुरक्षा निकायसँग समन्वय र सहाकार्य, व्यक्तिगत सुरक्षा, सुरक्षा खतरा मूल्याकंन, बेसिक बडिगार्ड ड्रिल, महत्वपूर्ण प्रतिष्ठान तथा सरकारी सम्पतिको सुरक्षा, अतिथि सत्कार, लैङ्गिक सचेतना, भुकम्पीय उद्धार तथा व्यवस्थापन एवं विपद उद्दार लगायत बारे पनि तालिम प्रदान गरिएको छ ।, 

स्थानिय निकायहरुसँग सहकार्य तथा समन्वय गरी आपसी सम्बन्धलाई अझ मजबुत र अन्तर निकायहरु बिचको क्षमता, कला, सीप एवं व्यवसायीक दक्षता आदान प्रदान गर्नका लागि नगर प्रहरी आधारभूत तालिम संचालन गरिएको २७ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले बताए । 

मङ्सिर २० गतेबाट संचालन भएको तालिममा निर्धारित तालिम अबधिभर उच्च अनुशासनमा रही कठोर मेहनत र परिश्रमको साथ तालिम प्रदान गरिएको उनले बताए । “प्रहरी प्रशिक्षार्थीहरुले तालिममा सिकाईएका कुराहरुलाई मुलत तिन पक्षहरुमा अनुशासन, ईमान्दारीता र जिम्मेवारीपनलाई आत्मासाथ गरी आ–आफ्नो कार्य क्षेत्रमा गएर अक्षरस पालन गरी उत्कृष्ट ढंगले कार्य सम्पादन गर्नुहुनेछ भन्ने मलाई पुर्ण विश्वास छ ।” थापाले भने  “तालिमले उहाँहरुको पेशागत जिवनमा नयाँ आयाम थप्नेछ र पेशागत दक्षता अभिवृद्धी भई पूर्ण व्यवसायिक दक्षताका साथ भविष्यमा कार्य सम्पादन गर्नुहुनेछ ।”

सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले स्थानिय सरकारलाई पनि प्रहरी आवश्यक पर्ने हुदा उहाँहरुलाई दक्ष बनाउन शसस्त्र प्रहरीको सहयोग लिएको बताए । “तालीमको अभावमा उहाँहरुलाई फिल्डमा खटाउदा नगर प्रहरी मात्र नभई नगरपालिकालाई नै जोखिको अवश्था आउन सक्छ ।” खाँनले भने “नगर प्रहरीलाई दक्ष बनाई नगरवासी प्रति उत्तरदायी र ईमान्दार बनाउन यो तालीम प्रदान गरेका हौं ।”

प्रशिक्षार्थी नगर प्रहरीहरुको मूल्याङ्कनका लागि सैद्धान्तिक तर्फ १०० अङ्क र व्यवहारिक तर्फ १०० अङ्क गरी कुल २०० पूर्णाङ्कका विभिन्न परीक्षाहरु संचालन गरिएको थियो । परिक्षामा सफल सबै नगर प्रहरीलाई नगर प्रमुख खाँन सहित उप– प्रमुख उमा अधिकारी, रुपन्देहीका प्रमुख जिल्ल अधिकारी बासुदेव घिमिरेले दज्र्यानी चिन्ह र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार