मर्चवार न्युज
मर्चवार २२ पुस/अत्यधिक शितलहरका कारण विभिन्न स्थानीय तहले शैक्षिक संस्थाहरु बिदा गरेको । रुपन्देहीको रोहिणी, कोटहीमाई र मर्चवारी गाउँपालिकाले आज बिदाको सूचना जारी गरी भोलीदेखि शैक्षिक संस्थाहरु बन्द गरेका छन् ।
कोटहीमाई गाउँपालिकाले भोली पुस २३ गते देखि माघ २ गते सम्माको लागि गाउँपालिका भित्र रहेको शैक्षिक संस्थाहरु बिदा गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् । अत्यधिक शितलहरले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएको भन्दै शितलहर, पृथ्बी जयन्ती तथा माघे संक्रान्तीको एकमुष्ट माघ २ गते सम्म बिदा गरिएको अध्यक्ष त्रिपाठीले बताए ।
यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिकामा पुस २३ देखि २९ गतेसम्म विद्यालय बन्द हुने भएको छ । वर्षे विदाबाट कट्टा हुने गरी गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालय र मदरसा पुस २९ सम्म बन्द रहने गाउँपालिका अध्यक्ष विद्या यादवले जानकारी दिए ।
जाडो बढेपछि मर्चवारी गाउँपालिकाले पनि चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए ।
‘अत्याधिक जाडो भएको हुनाले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको जानकारी गराइन्छ, ’अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।