काठमाडौँ : (फाईल तस्विर)
सर्वोच्च अदालतले सिटामोललगायतका अत्यावश्यक औषधिको उपलब्धता सहज गराउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो।
अधिवक्ता टीकाबहादुर कुँवरलगायतले रिट दायर गरेका थिए। आदेशमा कोरोना संक्रमणको समयमा उपचारमा आवश्यक पर्ने सिटामोललगायतका औषधिको सहज र विशेष प्रबन्ध मिलाउन भनिएको छ।
आदेशमा भनिएको छ, ‘सिटामोल्, प्यारासिटामोल लगायत अन्य औषधीहरुको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरुको नाउँमा यो आदेश जारी गरिदिएको हो।