४० वर्ष सेवा दिएका शिक्षक गुप्ताको बिदाई

मर्चवार न्यूज 367+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

मर्चवार ७ मंसिर । रुपन्देहीको श्री जनता माध्यमिक विद्यालय ओडवलियामा विगत ४० वर्षदेखि अध्यापन गर्दै आएका बाले प्रसाद गुप्ताको बिदाई गरिएको छ । अनिवार्य अवकास प्राप्त गरेको शिक्षक गुप्तालाई शुक्रबार एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम भवन चौधरीको अध्यक्षतामा सम्पन्न उक्त विदाई कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी, जनप्रतिनिधी उनलाई टिका माला, मायाको चिनो हस्तान्तरण गरी बिदाई गरेका हुन् । अनिवार्य अवकास भएका शिक्षक गुप्ताको शिक्षा क्षेत्रमा राम्रो योगदानले ‘हिरोज अफ मर्चवार २०८०’ अवर्डबाट समेत सम्मानित भएका थिए । 

वि.सं. २०३९ सालमा अस्थायी शिक्षक रुपमा अध्यापन सुरु गरेका शिक्षक गुप्ताले वि.सं. २०४४ साल असार ८ गते देखि उक्त विद्यालयमा प्राथमिक तहमा तृतीय श्रेणीमा स्थायी शिक्षकको रुपमा अध्यापन गर्दै आएका थिए । यसैगरी २०६८ मंसिर १३ गते प्राथमिक तहको द्वितीय श्रेणमा बढुवा भई २०८१ मंसिर ४ गते उनी अनिवार्य अवकास भएका विद्यालयका प्रधानाध्यपक करुणेश प्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।

बिदाई कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जानकी प्रसाद चौधरीले बिदाई गरिएका शिक्षक गुप्ताले उक्त विद्यालयका उत्कृष्ट शिक्षकको रुपमा चिनिएका बताए । शिक्षक गुप्ताले शिक्षा क्षेत्रमा गरेको योगदान तथा विद्यालय तर्फको लगनशीलताको प्रशंसा गर्दै आगामी दिनको सफल र स्वास्थ्य जीवनको शुभकामना ब्यक्त गरेका थिए । 

मर्चवारी गाउँपालिका वडा नंं ४ का वडाध्यक्ष ओम प्रकास चौधरी, शिक्षक सन्तराम गुप्ता, अभिभावक हरिराम कुर्मी, विश्वनाथ हरिजन लगायतले मनतब्य राखका उक्त बिदाई समारोहलाई शिक्षक रामसरन यादवले संचालन गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै