बेपत्ता भएका दुध बोक्ने गाडिका चालक र सहचालकको शव फेला

मर्चवार न्यूज 367+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

मर्चवार । रुपन्देहीमा आएको बाढिमा परि शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शब फेला परेको छ । दुध बोकेर रुपन्देहीको मर्चवारदेखि भैरहवातर्फ आउदै गरेको भे १ च २६७६ नम्बरको जीपसंगै जीपका चालक र सहचालक बेपत्ता भएका थिए । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपि रंजितसिंह राठोरले जीपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव फेला परेको बताए । दुवै जनाको परिवार आएर शवको पहिचान गरेको एसपि राठोरले जानकारी दिए ।  

जीपलाई हिजोआईतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल न. २७ हेडक्वाटर भैरहवा रुपन्देहीको बिपद् व्यवस्थापन टोलीले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको दक्षिण तर्फका घाघरा खोलाबाट निकालिएको थियो । 

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार