ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

मर्चवार न्यूज 367+ समाचार ( )
११ माघ २०८२, शनिबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । सोही वडाको ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गर्ने क्रममा रुदलापुर निवासी रामसरण विश्वकर्माका २८ वर्षीय छोरा गोविन्द विश्वकर्माको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।

फलाम काट्नका लागि प्रयोगमा ल्याइएको ग्यास सिलिण्डर शनिबार दिउँसो अचानक पड्किँदा गम्भीर घाइते भएका विश्वकर्मालाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रमुख प्रहरी निरीक्षक धनबहादुर रावलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

DHAN Sharma ११ माघ २०८२, शनिबार

प्रति सिलिन्डरमा बिमा गरिएको हुन्छ, क्षतिपूर्ति र बिमा रकम पीडितले पाउने उसको अधिकार हो ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार