मर्चवारीमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल र छाता

मर्चवार न्यूज 367+ समाचार ( )
२० मंगशिर २०८१, बिहीबार

मर्चवार २० मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकामा २१औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवास मनाइएको छ । आज बिहिबार मर्चवारी–१ सोनवर्षामा झाँकी ¥याली सहित विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइएको हो । 


“विविध स्वास्थ्य कृयाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका; स्वस्थ समाज निर्माणमा जनसहभागिता’’ मूल नाराका साथ मर्चवारी १ कचहिरवा देखि बजागाजाका साथ रैली निकाली सेमरा स्वास्थ्य चौकी सोनवर्षामा औपचारिक कार्यक्रम सम्पन्न गरिएको हो । दिवसको अवसरमा गाउँपालिका भित्रका ६६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकहरुलाई प्रोत्सानह स्वरुप मोबाइल सेट र छाता हस्तान्तरण गरिएको थियो । 

औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले महिला स्वास्थ्य स्वयंसेविकाहरुको स्वास्थ्य क्षेत्रमा अतुलिनय योगदान रहेको बताए । स्वास्थ्य संस्थाले प्रदान गर्ने विभिन्न सेवाहरुको जानकारी आम नागरिकहरुमा सहज रुपले पु¥याउने महिला स्वयंसेविकाहरुको भूमिका उच्च रहेको अध्यक्ष बरइले बताए ।  महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदान मर्चवारीमा मात्र नभई अधिराज्यभरीमा राम्रो रहेको प्रशंसा गर्दै अध्यक्ष बरइले आफ्नो कार्यकालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सेवा सुबिधा थप गर्दै गएको बताए । सरकारले उपलब्ध गराएको सानो सहयोगमा धेरै उपलब्धिमुलक कार्य रहेको भन्दै अध्यक्ष बरईले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई धन्याद ब्यक्त गरेका थिए । 

सम्पन्न उक्त कार्यक्रममा मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशसकीय अधिकृत झविलाल भट्टराई, स्वास्थ्य कार्यालय रुपन्देहीकी पब्लिक हेल्थ नर्सिंग अधिकृत दिपा खड्का, फेरमेड÷ईन्द्रेणी ग्रामिण विकास केन्द्रका अलाउद्दीन खान, रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादव, महिला स्वयंसेविका लक्ष्मी चौधरी लगायतकाले मनतब्य राखेका थिए । 

मर्चवारी गाउँपालिका वडा नंं १ का वडाध्यक्ष कृष्ण कुमार सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई मर्चवारी गाउँपलिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले संचालन गरेका थिए । 

मर्चवारी गाउँपालिका कार्यपालिका सदस्य रामसुमेर ठाकुर, वडा नं. १ का वडा सदस्य, पोषण मार्फत जीवन रुपान्तरण परियोजनाबाट जोगिन्दर यादव, गौरीकान्त राजभर, मर्चवारी गाउँपालिकाका कृषि शाखाका प्रमुख दिनेश यादव, लेखा सहायक सरस्वती पौडेल, सब ईन्जिनियर मधु पौडेल लगायत विभिन्न स्वास्थ्यचौकीका इन्चार्ज तथा स्थानीयहरुको सहभागीतामा सम्पन्न उक्त कार्यक्रममा सेमरा आधारभूत स्वास्थ्य चौकी इन्चार्ज राधेश्याम हरिजनले स्वागत मनतब्य राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार