भैरहवा ७ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा सम्पन्न भएको प्रथम उपाध्यक्ष कप अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ ।
आईतबार भएको वडा नम्बर १ र वडा नम्बर ३ बिचको खेलमा वडा नम्बर १ ले ३–१ कोे सेटले वडा नम्बर ३ लाई पराजित गरेको हो । विजेता भए संगै वडा नम्बर १ ले नगद ५० हजार रुपैया पुरस्कार जितेको छ । दोश्रो भएको वडा नम्बर ३ ले नगद ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको अनुशासित टिम गाउँपालिकाको महिला टिमले जितेको छ । यस संगै टिमले नगद १० हजार रुपैया प्राप्त ग¥यो ।
दुबै टिमलाई गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरु बेल बहादुर बराल, मदन पोखरेल ,प्रकाश सिंह चौधरी लगायतले संयुक्त रुपमा पुरस्कार प्रदान गरेको थिए ।
गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् । उनले भलिबद खेलमा प्राय पुरुषको वर्चस्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।
प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरि ७ वटा टिमको सहभागीता रहेको थियो ।