टुगा आस्थाको ५औं वार्षिक साधारण सभा सम्पन्न

हृदयराम गुप्ता 121+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

मर्चवार न्यूज भैरहवा, १० मंसिर । ओमसतिया गाउँपालिका वडा नं. –१, ठुटीपीपल केन्द्रीय कार्यालय स्थित टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको ५औं वार्षिक साधारणसभा, निर्णय प्रमाणित तथा सपथ ग्रहण कार्यक्रम केन्द्रीय कार्यालयको सभाहलमा शनिबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष डीबी थापाको अध्यक्षता र लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का कृष्णप्रसाद नेपालको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । एकाइगत साधारणसभा सम्पन्न गरेको साकोसले मङ्सिर ९ गते प्रतिनिधिमूलक निर्णय प्रमाणित सभा सम्पन्न गरेको हो । समुदायमा आधारित टुगा आस्था साकोसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ । ५४ जना प्रतिनिधि सदस्य तथा माइन्युट प्रमाणित प्रतिनिधिको उपस्थितिमा विनियम संशोधित प्रस्तावितसहित १० वटा कार्यसूचीमा रहेको प्रस्तावहरुलाई सर्वसम्मतिले निर्णय गरेको छ । प्रमुख अतिथि नेपालले पहिलेका सहकारीहरु सिपज्ञान बिना संचालनमा हुने गर्थ्यो भने अब सहकारी मूल्य मान्यता अनुसार नीति, बिधि र प्रविधि अनुसार संचालन गर्न सकिएन भने जोखिम आउने बताउँदै टुगा आस्था विकास साकोसले सहकारी मूल्य मान्यता र विधि प्रविधि अपनाएको हुदाँ जोखिम नरहेकोले ढुक्क भएर कारोबार गर्न बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा विशेष अतिथिकोरुपमा डा. खगराज शर्मा, निर्वाचन उपसमिति संयोजक भरतराज भुसाल, निर्वाचन उपसमिति सदस्य भीमबहादुर पुन, ताराप्रसाद छन्तेल, सहकारी अभियन्ता र विभिन्न संघ–संस्थाका प्रतिनिधि, निर्वाचित जनप्रतिनीधि र समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरु लगायत उपसमितिहरुको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । विशिष्ट अतिथि डा. खगराज शर्माले अब सहकारीहरु उत्पादनसँग जोडिनु पर्ने औल्याउदै लुम्बिनी विशिष्टीकृत सहकारी संघले दुग्ध परियोजनाको उत्पादन गर्न गइरहेकोले टुगा आस्थाले आफ्ना सदस्यलाइ लगानी गर्न सुबिधा दिएकोले सबै सदस्यलाइ लगानी गर्न आव्हान गर्नु भएको थियो । यसैगरी टुगा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभामा उत्कृष्ट बचत कर्ता १२ जना, १० जना उत्कृष्ट कारोबारी, ४ जना शैक्षिक सम्मान गरी २ जनालाई विशिष्ट शैक्षिक सम्मान गरेको छ । पिएचडी उपाधि हासिल गर्नु भएका शेयर सदस्य डा. शालिकराम भण्डारी, एमफिल तहको शिक्षा हासिल गर्नु भएका हरिप्रसाद गैरेलाई टुगा विशिष्ट शैक्षिक सम्मानद्वारा सम्मान गर्नुको साथै चिकित्सा शास्त्रमा एमडी, एमबिबिएस, बिडीएस उत्तीर्ण गर्नु भएका सेयर सदस्य तथा सदस्यको छोराछोरीलाई टुगा शैक्षिक सम्मान गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर एवम् सेयर सदस्य संजय गुरुङलाइ खेलाडी सम्मानसहित केन्द्रीय कार्यालय मर्मत निर्माणमा उल्लेखनीय भूमिका निर्वाह गरे वापत नर बहादुर क्षेत्रीलाइ सम्मान गरिएको थियो । सम्मानित हुनेहरुलाई मायाको चिनो र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सहकारी संस्थाको नयाँ सञ्चालक समिति गठन : अध्यक्षमा पुनः डीबी थापा

संस्थाको अधिवेशनले डीबी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेकोछ । थापासहित १५ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती निर्बिरोध चयन भएको संस्थाको मुख्य प्रबन्धक लक्ष्मण थापाले बताउनु भयो । समितिका उपाध्यक्षमा परसुुराम बास्तोला, सचिव शारदा देवी र कोषाध्यक्षमा लालबहादुर थापा चुनिएका छन् । त्यसैगरी सञ्चालक सदस्यहरूमा गोकुल पोखरेल, तुल्सीप्रसाथ थारु, धनराज शर्मा, शशिकला गुरुङ्ग, रानुका भण्डारी, भुवन सिंह थापा, चिन्तामणि घर्ति, चन्द्रमाया थापा, चन्द्रावती रायमाझी, जंगबहादुर मल्लाह र थानेश्वर पाण्डे चयन हुनुभएकोछ । निर्वाचन कार्यक्रमले रतनबहादुर भण्डारीको संयोजकत्वमा कृष्ण गुरुङ्ग र बिमला केसी थारु सदस्य रहेको लेखा समिति चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरलाई साधारण सभामा पदस्थापन गराइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार