मर्चवारीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

मर्चवार न्यूज 367+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

असलम खाँ

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिकामा आजदेखी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्टार अर्किड एजुकेसन कन्सल्टेन्सी मर्चवारी वडा नम्बर पाँच आयोजना तथा मर्चवारी गाउँपालिकाको आर्थिक सहयोगमा मर्चवारी गाउँपालिकाको वडा नम्बर २ स्थित अमवा (सगरवा) गाउँपालिकाको खेल मैदानमा आजदेखी प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको हो। सात वटा टिमको सहभागिता रहेको प्रतियोगिता आयोजकले जनाएको छ। अध्यक्ष कप क्रिकेट प्रतियोगिताक‍ो उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले क्रिकेट खेल प्रति रुचि बढाउने उद्देश्यले गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले आगामी दिनमा अरु खेलहरु पनि आयोजना गरिने बताउनु भयो । अध्यक्ष बरईले खेलकुदको विकास का लागि गाउँपालिकाले जुनसुकै समयमा सहयोग र अन्य खेललाई पनि स्थान दिने बताउनु भयो । यस्तै गरि अध्यक्ष कप क्रिकेट प्रतियोगिता मा बोल्दै  गाउँपालिकाका नी. प्रमुख प्रशासकिय अधिकृत फेकन शाहले खेलले एक आपसमा मित्रता कायम गर्ने भएकोले खेल खेल्न जरुरी रहेको बताउनु भयो । उहाँले मर्चवारी गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्बर भुमि भएको र यहाँबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य सहित यो अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु गरिएको जानकारी दिनु भयो । स्टार अर्किड एजुकेसन कन्सल्टेन्सी मर्चवारी–५ को सञ्चालक शुखसागर प्रसादको अध्यक्षता एवम गाउँपालिका का अध्यक्ष गया प्रसाद बरईको प्रमुख अतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगितामा गाउँपालिका का उपाध्यक्ष आशा सिंह, नी. प्रमुख प्रशासकीय अधिकृत फेकन शाह, एक देखि सात सम्माका वडा अध्यक्ष हरुले बोल्नु भएको थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै