मर्चवारका खेलाडी आकाश त्रिपाठी १० लाखमा बिक्री

मर्चवार न्यूज 367+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

मर्चवार, २१ असोज । रुपन्देहीका मर्चवारको कोटहीमाई १ बस्ने क्रिकेट खेलाडी आकाश त्रिपाठी १० लाखमा बिक्री भएका छन् । नेपाली यू–१९ टोलीका ब्याटर त्रिपाठीलाई जनकपुर बोल्ट्सले किनेको हो । 

पहिलो चरणमा उनी ग्रेड बी मा ५ लाखमा अनसोल्ड भएका थिए । तर दोस्रो चरणमा उनलाई काठमाडौं र जनकपुरले प्रतिस्पर्धा गरेपछि मूल्य बढी पाएका हुन् ।

५ लाख न्यूनतम मूल्य भएपनि दोस्रो चरणमा दुई टोलीको भिडन्तले १० लाख पाएका हुन् । शीर्ष क्रमका ब्याटर उनले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया

Shiv kumar २२ अशोज २०८१, मङ्गलबार

बिक्रि शब्द सुहाउँदो भएन सर एक अमुल्य खिलाडि को लागि

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार